भाेलीदेखि व्यवसायीहरुले सरकारकाे विराेध गर्दै सबै प्रकारका पसल खाेल्ने

  २०७७ जेठ २१ गते १९:२४     विकासन्युज

काठमाडाैं । भाेलीदेखि व्यवसायीहरुले सरकारकाे विराेध गर्दै सबै प्रकारका पसल खाेल्ने भएका छन् । सरकाराले लकडाउन भएकाे ७२ दिन बित्दा पनि वास्ता नगरेकाे भन्दै उनीहरुले भाेलीदेखि पसल खाेल्ने भएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्ताे भनेका हुन् । यस्ताे लकडाउन लामाे समय रहे उद्याेग व्यवसायीहरु पलायन हुनुकाे साथै धेरैकाे राेजीराेटी गुम्ने भन्दै उनीहरुले भाेली देखि दैनिक बिहानकाे ११ बजेसम्म पसल खाेल्ने निर्णय गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनकाे मापदण्ड अनुसार न्युनतमा सामाजिक दुरी कायम गर्दै मास्क स्यानिटाईजरकाे प्रयोग गरी पसल खाेल्ने संघले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.