कर तिर्ने म्याद असोज मसान्तसम्म थप गर्न नाडाको माग

  २०७७ जेठ २१ गते १६:५८     विकासन्युज


काठमाडौं । नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले कर तिर्ने म्याद आगामी असोज मसान्तसम्म थप्न माग गरेको छ । व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन भएकाले सरकार समक्ष उक्त माग गरेको नाडाका महासचिव सुनिल रिजालले बताए ।

आन्तरिक राजश्व विभागले एउटा सार्वजनिक सूचना जारी गर्दै यही जेठ २५ गतेसम्म सबै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोध गरेकोे सम्बन्धमा ध्यानाकर्षण गरेको छ ।

साथै, समग्र अटोमोवाइल व्यवसायीहरुको जायज र न्यायोचित मागलाई सम्बोधन गर्ने गरी आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद सो अवधिसम्म थप गरी सबै अटोमोवाइल व्यवसायीहरुको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माण गराउन सरकारसँग आग्रह गरेको छ ।

‘विश्वव्यापी रुपमा बढदो कोरोना भाइरस संक्रमणको सन्दर्भमा आम जनताको स्वास्थ रक्षाको लागि नेपाल सरकारले पनि २०७६ साल चैत्र ११ गते देखि देशव्यापी रुपमा लागु हुनेगरी लकडाउन घोषणा गरेको र यो २०७७ साल जेठ ३२ गतेसम्म विस्तार गरिएकोे अवस्थामा सवै किसिमका आर्थिक कारोबार मात्र थप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द प्राय रहेको सम्बन्धित निकायहरुलाई जानकारी भए कै विषय हो ।’- नाडाले भन्यो ।

यस्तो अवस्थामा सबै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन समय सीमा थप गर्न नाडाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.