नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु, काे हुन् उनी ?

  २०७७ जेठ २१ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु भएकाे प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

उनकाे बुधबार मृत्यु भएको र उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूष रहेकाे देवकोटाले बताएका छन् । दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो।

हेमाेरेजिक स्ट्रोक भएकाे कारण उनलाई जेठ १३ गते सिनामंगलको केएमसी अस्पताल ल्याईएकाे थियाे । उनको न्यूरो सर्जरी गरिएको थियो।  जेठ १४ गते उनकाे स्वाब स‌ंकलन गरेपछि उनमा काेराेना पाेजेटिभ देखिएपछि थप उपचारकाे लागि त्रिवि शिक्षण अस्पताल सारिएकाे थियाे ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.