त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीय बालिका सहित १२ जना काेराेना मुक्त

  २०७७ जेठ २१ गते १६:४९     विकासन्युज

काठमाडौं । बुधबार त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीय बालिका सहित १२ जनाले काेराेनालाई जितेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ६ वर्षीय बालिका सहित १२ जनाले काेराेनालाई जितेकाे प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

देवकाेटाकाे अनुसार त्रिवि शिक्षण अस्पतालबाट कपिलवस्तुकी ६ वर्षिय बालिका, टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय एक जना पुरुष, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहटका ३४ वर्षीय पुरुष, जनकपुर अस्पतालबाट पाँच जना, र बुटबलबाट चार जना डिस्चार्ज भएका हुन्।

याेसँगै नेपालमा काेराेना जित्नेकाे संख्या २ सय ७८ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.