सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले घरमै बसेर आफ्नो विवरण हेर्न सक्ने

  २०७७ जेठ २१ गते १३:५६     विकासन्युज

काठमाडाैं । सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले आफ्नो विवरण घर मै बसेर हेर्न सक्ने भएका छन् । उनीहरूले इन्स्याेरेन्सकाे मोबाइल एप मार्फत आफ्नो विवरण हेर्न सक्ने भएका हुन् ।

इन्स्योरेन्सले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घर बसेर सानिमा लाईफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधा(युजर पाेर्टल) को शुभारम्भ गरेको छ ।

सानिमा लाइफको एप सजिलै गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट सर्चमा गएर आफ्नो पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ ।

साथै, सानिमा लाईफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, सानिमा एडभाइजर्स पाेर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ ।

बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । यसका साथै कम्पनीले घरमै बसेर इ-सेवा, खल्ती, कनेक्ट आइपीएस, सेल-पे लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.