डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु

  २०७७ जेठ २१ गते १०:४७     विकासन्युज


काठमाडौं । डडेल्धुराको क्वारेन्टाइनमा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

गए राती १ श्रीमनसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएको केही समय पछि उनको मृत्यु भएको जनाएका छन् ।

मृतक महिला ४ दिन अगाडि गौरीफन्टा नाका हुँदै भारतबाट आएकी हुन् । श्रीमान् र बच्चासहित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ ले निमार्ण गरेको असिग्राम आधारभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

घटनास्थलमा स्वाथ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको र कोरोना परीक्षणको लागि उनको स्वाब संकलन गर्ने तयारी गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.