उद्योगी र श्रमिकको चुल्हो बल्न छोड्ने वेला राजश्व नतिरे कारबाहीको सूचनाले चिन्ता

  २०७७ जेठ २१ गते ७:१०     विकासन्युज


काठमाडौं । विगत ७२ दिन देखि सबै उद्योग व्यापार व्यवसाय बन्द गरेर सरकारले दिएको आदेश पालना गरि घरमै नजरबन्दमा बसेका ग्रील तथा लघु घरेलु तथा साना उद्योगीमा अर्काे चिन्ता थपिएको छ ।

सरकारले जेठ २५ गतेभित्र राजश्व दाखिला नगरे कार्वाहिमा पर्ने सुचना प्रकाशित भएपछी ब्यवसायिहरुमा कोरोनाको संक्रमण भन्दा पनि करको त्रासका कारण ज्यान गुम्ने चिन्तामा परेको आशका बढेको ग्रील तथा स्टील ब्यवसायी महासघ अध्यक्ष मोहन कटुवाल बताए ।

ग्रील तथा लघु घरेलु तथा साना उद्योगीहरुको वास्तविक अवस्थालाइ मनन गरेर जेठ २५ गते भित्र फरफारक गर्न दिइएको निर्देशनलाइ लकडाउन खोलेपछीको कम्तिमा ३ महिनाको समयावधि थप गरि जिम्मेवार अभिवाकत्वको भुमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

उनले भने, ‘स्वयम आफू र आफ्ना श्रमिकहरुको बिहान बेलुकाको छाक टार्दै आइरहेका छौं तर लकडाउनको अवधी जेठ ३२ गतेसम्म कायम गरेको अवस्थामा घरमा चुल्हो बल्न छोड्न लागेको बेलामा यस्तो सूचनाले त्रास बढेको छ ।’

सिमित लगानीमा स्थानिय स्तरमै आवश्यक पर्ने सेवा तथा उत्पादनहरु उपलब्ध गराउदै देशमा रोजगारी सृजना गरि राज्यलाइ राजश्य बुझाउदै आइरहेका ग्रील तथा साना लघु घरेलु उध्योग ब्यवसायीहरु यस कठिन अवस्थामा अभिवावक रुपमा रहेको नेपाल सरकारबाट सकन्टमा परेका उध्योगिहरुलाई उद्दार गर्न विशेष राहत सहितको आर्थिक प्याकेज उपलब्ध गराउने आस्वासन पाएको स्थितिमा एक्कासी दबाब सहितको कर तिर्ने कुराले उद्योगीहरु समस्यामा परेको जानकारी दिए ।

देशको असहज अवस्थाको बारेमा अनबिग्य नरहेको तथा अब मुख्य चुनौतिको रुपमा देशले सामना गर्न लागेको बेरोजगारिको समस्या समाधानमा थप रोजगारी सृजना गरि आत्मानिर्भर अर्थतन्त्र निर्माणमा काधमा काध मिलाएर देशलाई अहिलेको असामान्य अवस्थाबाट सामान्य अवस्थामा ल्याउने प्रण गरेको छ ।

४ लाखभन्दा बढिको संख्यामा रहेका ग्रील तथा लघु घरेलु तथा साना उद्योग र उद्योगमा संलग्न २६ लाखभन्दा बढि श्रमिकहरुलाई सरकारले दिएको निर्देशन अनुसार राजश्व दाखिला गर्न नसक्नेहरुका जानकारी दिए । यस्ताे अवस्थामा सरकारले गम्भीर एवम जिम्मेवार भएर समयावधि थप गर्न र सुरक्षात्मक विधिहरु अपनाएर व्यापार ब्यवसाय सन्चालन गर्ने वातावरण मिलाइ अर्थतन्त्रलाई चलायमान बनाइ अगाडी बढ्न महासंघका अध्यक्ष कटुवाल आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.