आज मुम्बईले १ सय २९ वर्ष पछिकै कडा तूफानको सामना गर्ने

  २०७७ जेठ २१ गते ६:५३     विकासन्युज

काठमाडौं । सन् १८९१ देखि यता कुनैपनि गम्भिर चक्रवातको सामना नगरेको मुम्बईले आज बुधवार भने १०० देखि २०० किलोमिटर प्रतिघन्टाको रफ्तारवाला चक्रवातीय तूफानको सामना गर्दैछ ।

भारतीय मौसम विभागले शहरको तल्लो भाग डुब्न सक्ने बताउँदै हावाहुरी, भारी वर्षा तथा तूफानका वेला सावधानी अपनाउन जनतालाई आग्रह गरेको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये एक तिहाई मानिसहरु गुमाइसकेको महाराष्ट्रमा फेरी यो अर्को संकट आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.