कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्याङ्क

  २०७७ जेठ २१ गते ६:१०     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७३ हजार ५ सय ६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ भने ३० लाख ५ हजार १ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ८ हजार ५७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १८ लाख ८० हजार ९ सय ३० रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ७ हजार १ सय ९१ पुगेको छ भने अहिलेसम्म ५ हजार ८ सय २९ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म २ हजार ९९ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २६६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.