युएईमा समस्यामा परेका नेपालीलाई सेञ्चुरी बैंकले दियाे राहत 

  २०७७ जेठ २० गते १८:१४     विकासन्युज

युएई । सेञ्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ। सेञ्चुरी बैंकले खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।

सेञ्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको हो ।

आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीले उपलब्ध सहयोग सामाग्री बुझेका थिए ।

यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु , १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपालले बुझेका थिए ।

परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल, सहज, छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए । विभिन्न दाताहरुबाट प्राप्त सहयोगले समस्यामा परेकाहरुलाई सहायता गरिने बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.