नेशनल माइक्रोफाइनान्सले सबै कर्मचारीको गरायो कोरोना बीमा

  २०७७ जेठ २० गते १७:५६     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थामा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । संस्थाले जनरल इन्सुरेन्सबाट सबै कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोभिड १९ बीमा गराएको हो ।

कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको विरुद्ध सुरक्षाको लागि संस्थामा कार्यरत सम्पुर्ण स्थाई, करार र प्रशिक्षार्थी कर्मचारीहरुको कोभिड १९ बीमा गरेको जानकारी दिएको छ ।

उक्त बीमाबाट संस्थाको कुनै पनि कर्मचारी कोरोना भाइरसको पीसीआर प्रविधिबाट परिक्षण गर्दा संक्रमण प्रमाणित भएको खण्डमा तोकिएको बीमाङ्क रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.