काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

  २०७७ जेठ २० गते १६:४०     विकासन्युज

काठमाडौं । काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अस्पतालकाे ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाे बताएका हुन् ।

देवकोटाकाे अनुसार अस्पतालकाे २४ देखि ३२ वर्षसम्मका ३ जना महिला स्वास्थ्यकर्मी र २८ वर्षका एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाे हो । उनीहरु सबै अस्पतालमा मा रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.