फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड

  २०७७ जेठ २० गते १६:३६     विकासन्युज


काठमाडौं । फोनपे पेमेन्ट सर्विसले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त गरेको छ । योसँगै कम्पनीको पुरा प्लाटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हाँसिल गरेको छ ।

यस प्रमाणीकरणले फोनपेको दायरा अन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको छ ।

भुक्तान कार्ड उद्योग डाटा सुरक्षा मापदण्ड(पीसीआई डीएसएस) भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिल (पीसीआई एसएससी) द्धारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो । जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण, प्रक्रियातथा डाटाहरुको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाई लाई रोक्दछ ।

टेक्नोलाजी विक्रेताहरूका लागि पीसीआइ डिएसएस स्तर प्रमाणिकरण प्राप्त गर्नका लागि पीसीआइ मापदण्ड अनुसार आफ्नो टेक्नोलोजी,नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चितगर्न विस्तृत अडिट हुन्छ । फोनपेले पनि क्यूएसए सीसाको पूर्ण अडिट पछि यो पीसीआई डिएसएस अनुरुप रहेको पुष्टि गर्दै प्रमाणिकरण प्राप्त गरेको हो ।

फोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भने- ‘फोनपे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्तगर्ने गैर कार्ड आधारित पहिलो पिएसओ हो । यसले पीसीआइ डिएसएस अनुपालन गर्नका लागि आफैले आफैलाई प्रश्नावली(एसएक्यू) गर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउछ । यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उलंघनको छानविनको दायरा बढाइ संस्था तथा ग्राहकको वीत्तिय क्षतिको जोखिम हटाउँछ ।’

सिसा विश्वव्यापीका संस्थापक तथा सीईओ धर्सन शान्तमुर्तिले भने- ‘पीसीआई डिएसएस प्राप्त गर्न र नेपालको पहिलो भुक्तान सेवा अपरेटर कम्पनीको रुपमा माइलस्टोन प्राप्त गर्न सफलभएकोमा फोनपे टिमलाई बधाई छ । फोनपेले अब डाटा सुरक्षा गर्न र जोखिम न्यूनिकरण गर्नका लागि आधार खडा गरेको छ । जब संस्थाहरु आफ्नो समय र लगानी यस किसिमका क्षेत्रका लागी खर्च गर्छन्, हामी बझ्दछौँ की उनीहरुले आफ्नो ग्राहकको डाटा सुरक्षाका लागि कति महत्व दिन्छन् । पीसीआई डिएसएस प्रमाणीकरणको साथ कम्पनीले ग्राहकका भुक्तानी वातावरण सुरक्षित राख्न सबै आवश्वक प्रविधिका उच्च सुरक्षा सुनिश्चित गरेको छ ।’

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर फोनपे मार्फत दैनिक एक लाखभन्दा बढि कारोबार हुँदै आएको छ । फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.