खुकुलो बन्यो लकडाउन, पुरानै पासले सवारी साधन चलाउन पाइने

  २०७७ जेठ २० गते १४:५४     विकासन्युज

काठमाडाैं । काठमाडाैं उपत्यकामा लकडाउन खुकुलाे बनेकाे छ । अब लकडाउनकाे समयमा पुरानै पासले सवारी साधन चलाउन पाइने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै जेठ २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो।

अब पुराना पास नवीकरण गरिरहनु नपर्ने बताइएकाे छ । यसअघि जारी भएका ७ दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने प्रशासनले जनाएको छ।

सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्नेछ।

जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले आजदेखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन भनेको हाे ।

सवारी पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र कार्यालयमा सम्पर्क गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। सरकारले जेठ ३२ गतेसम्म लकडाउन कायम नै गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.