सिटिजन लाइफ इन्स्योरेन्सका बीमितहरुले अब आफ्नो विवरण आफै हेर्न मिल्ने, कसरी हेर्ने ?

  २०७७ जेठ २० गते १४:१८     विकासन्युज


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले अब आफ्नो विवरण आफै हेर्न सक्ने भएका छन् । कम्पनीले इन्स्योरेन्सको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा(युजर पोर्टल)को शुभारम्भ गरेसँगै उनीहरूले साे सुविधा पाउने भएका हुन् ।

कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै आफ्नो विवरण आफै हेर्न सकुन् भनेर उक्त सेवाकाे शुरू गरेकाे हाे ।  यसकाे लागि बीमितहरूले सिटिजन लाइफको एप सजिलै प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । त्यहाँबाट लग इनमा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सक्ने कम्पनीले जानकारी दिएकाे छ ।

यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिने कम्पनीले जनाएको छ । बीमा योजना खरिद गरिसकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भसँगै समाप्त भएको छ ।

साथै, सिटिजन लाइफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, एजेन्ट पोर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ ।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी सदैब आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर इसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.