लकडाउनको बेला व्यापारिक घरानाका व्यक्तिहरु नै जुवाखालबाट पक्राउ

  २०७७ जेठ २० गते १०:५१     विकासन्युज

काठमाडौं । व्यापारिक घरानाका व्यक्तिहरु नै जुवाखालबाट पक्राउ परेका छन् । रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइ पक्राउन परेका हुन ।

जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबैलाई महानगरीय प्रहरी वृत दरबार मार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको दरबार मार्ग प्रहरी वृतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.