प्रदेश १ मा थप १८ जना कोरोनामुक्त

  २०७७ जेठ २० गते ९:५२     विकासन्युज

काठमाडाैं । प्रदेश १ मा थप १८ जना कोरोनामुक्त भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी १ जना महिलाले कोरोनासँगको लडाइ जितेका छन् । डिस्चार्ज हुनेमा १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

गए राती उनीहरु डिस्चार्ज भएका हुन् । पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएकाे छ  ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । यसअघि कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट पटक–पटक गरी ३० जना डिस्चार्ज भएका थिए ।

प्रदेश १ मा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.