शिखर इन्स्योरेन्सबाट ५७ हजारकाे काेराेना बीमा, बीमा शुल्क ३ करोड नाघ्यो

  २०७७ जेठ १९ गते २०:५१     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सबाट ५७ हजार भन्दा बढी नागरीकको कोभिड-१९ बीमा भएको छ । सबैभन्दा बढी शाखा संजाल भएको यस कम्पनीको ९० भन्दा बढी शाखाहरुबाट ७७ वटै जिल्लाका नागरिकले कोभिड १९ बीमा गराएका हुन् ।

कम्पनीबाट जुम्ला, मुगु, कालिकोट, हुम्ला, बझाङ, दैलेख जस्ता विकट जिल्लाबाट समेत २ हजार भन्दा बढिले कोरोनाभाइरस बीमा गराएका छन् ।

साथै शिखर इन्स्योरेन्स रु.३ करोड भन्दा बढीको कोभिड १९ बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । शिखर इन्स्योरेन्सले जेठ १९ गते सम्म ६ हजार बीमालेखबाट रु.३ करोड १६ लाखको कोरोनाभाइरस बीमा शुल्क संकलन गरेको हो । कोरोनाभाइरस बीमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा २५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.