लकडाउन खुकुलो पार्ने तयारी गरिँदै, यी हुन् खुल्ने क्षेत्र

  २०७७ जेठ १९ गते २०:२९     विकासन्युज

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम हेरेर लकडाउन माेडल फेर्ने तयारी गरेको छ ।  संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन माेडल फेर्ने तयारी सरकारले गरेकाे हाे ।

काठमाडौं लगायतका कम जाेखिम भएका क्षेत्रमा विस्तारै लकडाउन खकुलाे गर्ने तयारीमा सरकार रहेकाे बताईएकाे छ । जेठ ३२ सम्मकाे लकडाउनलाई कम जाेखिम भएकाे क्षेत्रमा नबढाईन विषयमा छलफल भईरहेकाे एक स्रोतले जनाएकाे छ ।

यसरी कम जाेखिम भएका क्षेत्रमा जनजिवनलाई विस्तारै सामान्य बनाउँदै लैजाने तयारी भईरहेकाे स्रोतले जनाएकाे छ । लकडाउन खकुलाे पार्दै जाँदा सुरुमा कम भिडभाड हुने स्थानहरु खाेलिने र विस्तारै अन्यलाई पनि संचालनमा ल्याईने बारे छलफः भईरहेकाे बताईएकाे छ ।

रेष्टुरेन्टहरुलाई विस्तारै खाेल्दै लैजाने, सुरुमा हाेम डेलिभरी, टेक वे जस्ताे व्यवस्था गरिने र विस्तारै सामाजिक दुरी कायम गर्दै थप अन्य पनि संचालन हुने तयारीमा रहेकाे स्रोतले बतायाे ।

मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने तर यसबीचमा सरोकारवाला र विज्ञहरुको राय सुझाव र अरु देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.