थप १३ जनामा कोरोना पुष्टि, एकैदिन २३९ जनामा देखियो, संक्रमितको संख्या १८ सय नाघ्यो

  २०७७ जेठ १९ गते १९:३२     विकासन्युज


काठमाडौं । सोमबार थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

जसमध्ये पाल्पाका १७ र ३६ वर्षीय पुरुष रहेका छन् । नवलपरासीका ६ वर्षीय बालक, गुल्मीका २६ वर्षीय पुरुष, रुपन्देहीका ३ वर्षीय बालिका र ५४ वर्षीय पुरुष रहेका छन् । त्यस्तै, कपिलवस्तुका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षको पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै सोमबार मात्रै थप २३९ जनामा कोरोना संक्रमण देखिएको छ । साथै, नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.