सुदूरपश्चिमकाे नीति तथा कार्यक्रम: सीमा नाकामा बस्ने नागरिकका लागि विशेष कार्यक्रम ल्याइने (पूर्णपाठसहित)

  २०७७ जेठ १९ गते १९:१६     विकासन्युज

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ। प्रदेश सभाको छैठौं अधिवेसनको सातौं बैठकमा प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पन्तले कोभिड १९ को महामारीपछि जारी लकडाउनले सुदूरपश्चिमको अर्थतन्त्रमा पारेको प्रभाव र भविष्यमा पर्न सक्ने असरको क्षति न्यूनीकरण तथा अर्थतन्त्र पुनउत्थानमा सहयोग पुग्ने कार्यक्रम गरिने बताइन् ।

प्रदेशकाे नीित तथा कार्यक्रमममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र रहेको व्यास गाउँपालिकाको विकासलाई ध्यानमा राखी त्यस क्षेत्रका जनताको जीवन स्तर उकास्न विशेष कार्यक्रम ल्याइने उल्लेख गरिएकाे छ ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बासोबास गर्ने जनसमुदायका लागि सामाजिक सुरक्षा र विकास कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उनले अर्थिक वर्ष २०७७/२०७८ को बजेट तथा कार्यक्रममा कोरोना प्रभावितलाई कृषिमा प्रथामिकता र कृषि ऋण उपलब्ध गराइने बताइन् । साथै, उनले रोजगारी गुमाएका व्यक्तिको रोजगारी अभिबृद्धि गरिने पनि बताइन् ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.