जग्गा कित्ताकाटको बाहनामा लाखौ‌ं रकम असुल्ने अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा

  २०७७ जेठ १९ गते १८:५९     विकासन्युज

काठमाडाैं । रुपन्देहीको भैरहवास्थित नापी कार्यालका अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर भएको छ ।

जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी र लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुले आपसी मिलोमतोमा १७ लाख रुपैयाँ बराबरको घुस लिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

लेखन्दास शर्माविरुद्ध १७ लाख, नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीलाई १२ लाख रुपैयाँ र नायव सुब्बा पन्थीविरुद्ध ५ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.