२०७७ जेठ १९ गते १८:३४ विकासन्युज
आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
यस्तै आयोगले सेवाग्राहीको जग्गा कित्ताकाट र नामसारी गर्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भन्दै मतियारको भूमिकामा रहेको राजकुमार अर्यालविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुले मिलेमतोमा १७ लाख रूपैयाँ बराबरको घुस लिएको पाइएको आयोगले जनाएको छ ।
आयोगले लेखन्दास शर्माविरुद्ध १७ लाख रूपैयाँ, नापी कार्यालय भैरहवाका नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीविरुद्ध १२ लाख रूपैयाँ, नायबसुब्बा पन्थीविरुद्ध पाँच लाख रूपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.