गोल्छा ग्रुपका ११७५ कर्मचारीको कोरोना बीमा शिखर इन्स्याेरेन्समा

  २०७७ जेठ १९ गते १८:२५     विकासन्युज

काठमाडौं । गोल्छा ग्रुपमा कार्यरत ११७५ कर्मचारीको कोभिड–१९ बीमा गएिको छ । ग्रुप अन्तरगत रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी, हुलास इन्भेष्टमेन्ट, हुलास अटाे र हिम इलेक्ट्रोनिक्समा कार्यरत सबै कर्मचारीको कोभिड बीमा शिखर इन्स्योरेन्समा गरिएको कम्पनीले जनाएको छ ।

सबै कर्मचारीको प्रतिव्यक्ति एक लाख बीमाङ्क रकमको कोभिड–१९, बीमा भएको कम्पनीले जनाएको छ । एक लाखको सामूहिक बीमा गर्दा प्रति व्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्छ । त्यसमा ५० प्रतिशत सरकारले अनुदान दिने घोषणा बजेटमा गरिएको छ । याे साउन पछि मात्र लागु हुनेछ ।

काेराेना महामारी पछि नेपालले शुरू गरेकाे याे माैलिक प्रकृतिकाे बीमामा पीसीआर रिपाेर्ट पाेजेटिभ आएपछि बीमितलाइ बीमाङ्क रकम बराबर बीमा कम्पनीले भुक्तानी दिने गरेकाे छ । हालसम्म करिब ३ लाख नेपालीकाे काेभिड-१९ बीमा भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.