सीएनआईले सार्वजनिक गर्याे पोष्ट वेबिनार रिपोर्ट, अर्थतन्त्रमा देखिएका संकटकाे समाधान गर्ने

  २०७७ जेठ १९ गते १८:२५     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघ(सीएनआई)ले यही जेठ ५ देखि ८ सम्म आयोजना गरेको इकोनोमिक सरभाइभल सिरिजको पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेको छ । वेबिनार मार्फत परिसंघका अध्यक्ष सतिशकुमार मोर र आर्थिक पत्रकारहरुले रिपोर्टको स्क्रिन सेयर गरी पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेका हुन् ।

सो रिपोर्टमा कोभिड-१९ बाट अर्थतन्त्रलाई कसरी बचाउने भनी इकोनोमिक सरभाइभल थिममा रहेर यही २०७७ जेठ ५ देखि ८ गते सम्म आयोजना गरिएको वेबिनारमा भएको छलफल र विचारहरु समेटिएको छ । वेबिनारको पहिलो सेसनमा रेष्क्युः बैंकिङ एण्ड फाइनान्स, दोस्रो सेसनमा रिइन्फाेर्स इनर्जी एण्ड एग्रीकल्चर, तेस्रो सेसनः रि-स्टार्स इन्डष्ट्री एण्ड लेवर र चौथो सेसनः रेस्पेण्ड इकाेनाेमीमा छलफल भएको थियो ।

वरिष्ठ आर्थिक पत्रकारहरु समेतको सहभागितामा रिपोर्ट सार्वजनिक गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अहिलेको विषम परिस्थितीमा सामान्य वित्तीय नीति तथा व्यवस्थाको सहाराले अर्थतन्त्र बाँच्न नसक्ने उल्लेख गर्दै  सवै मिलेर आर्थिक संकटको सामना गर्ने र पुनरुत्थानमा जुट्न आवश्यक रहेको निष्कर्ष यो रिपोर्टले प्रस्तुत गरेको बताए ।

रिपोर्ट प्रस्तुत गर्दै परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वेबिनार छलफलमा उठेका विचार तथा सुझावका आधारमा कोभिड-१९ र लगातारको लकडाउनबाट सिर्जना भएको आर्थिक संकटबाट जोगिन अल्पकालीन राहत तथा दीर्घकालीन व्यवस्था मार्फत् अर्थतन्त्रलाई बचाउने (इकोनोमिक सरभाइभल) उपायहरु रिपोर्टमा प्रस्तुत गरिएको बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले रिपोर्ट सार्वजनिक वेबिनारका सहभागी आर्थिक पत्रकार परिसंघका साझेदारहरुलाई धन्यवाद व्यक्त गरेका छन् । उपाध्यक्ष अग्रवालले प्रस्तुत रिपोर्टले कोभिड-१९ ले अर्थतन्त्रमा देखिएका संकट समाधान गर्ने तर्फ अघि बढ्न सघाउने विश्वास लिइएको उल्लेख गरे । परिसंघले सम्बन्धित निकायहरुमा पनि यो रिपोर्ट प्रस्तुत गर्ने छ । सो वेबिनार तथा पोष्ट रिपोर्टको साझेदार फ्रस्ट एण्ड सुलिभान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.