कुमारीले देवः विकासलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

  २०७७ जेठ १९ गते १५:३१     विकासन्युज


काठमाडौं । कुमारी बैंकले साविकको देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । उक्त प्रस्तावलाई जेठ १९ गते सम्पन्न कुमारी बैंकको विशेष साधारण सभा(एसजीएम)ले पारित गरेको हो ।

यस प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता सेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता सेयर अनुपातमा सेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको बैंकले जनाएको छ । त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रूपैयाँभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा सञ्जाल भने २०९ हुने बैंकले जनाएकाे छ ।

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंकको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको छ ।

उक्त सभा बैंकको संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा कम्पनीको नक्साल प्राङ्गणमा सम्पन्न भएको हो ।

यस कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत सेयरधनीहरुको मन्तव्य तथा सुझाव लिएको थियो ।

बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिंङ तथा वित्तीय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि हुनेमा बैंक विश्वस्त रहेको छ ।

One comment on "कुमारीले देवः विकासलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.