कोरोना रोकथाम गर्न एडीबीले नेपाललाई ३० अर्ब ऋण दिने

  २०७७ जेठ १९ गते १४:५५     विकासन्युज

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ३० अर्ब नेपाली रुपैयाँ ऋण दिने भएकाे हाे । कोरोना भाइरस नियन्त्रणका लागि एडीवीले  नेपाल सरकारलाई २५० मिलियन अमेरकी डलर सहिलयतपूर्ण ऋण दिने भएको हाे ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका तर्फबाट देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाको पनि उपस्थिति थियो ।

एडीबीले उपलब्ध गराउने ऋणबाट सरकारले कोरोना रोकथाम र नियन्त्रणका साथै जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने अर्थ सचिव ढुंगानाले बताए । उक्त रकम सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका लागि पनि खर्च गरिने उनले बताए ।

त्यस्तै एडीबीका नेपाल निर्देशक खामुदाख्नोभले महामारी नियन्त्रणका लागि सरकारले अगाडि सारेका कार्यक्रमलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.