दिल्लीको बोर्डर एक हप्ताका लागि सिल

  २०७७ जेठ १९ गते १४:०८     विकासन्युज

काठमाडौं । सोमवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जनतासँग शहरको सीमाहरु खोल्ने वारे सल्लाह मागेका छन् । उनले यसका लागि जनतालाई शुक्रवार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

केजरीवालले भनेका छन्, ‘दिल्लीमा इलाज निःशुल्क छ, त्यसै कारणले देशभरबाट संक्रमित आउन सक्छन् । यदी यस्तो भयो भने दिल्लीवासीहरुका लागि राखिएको ९ हजार भन्दा बढि बेडहरु चाँडै भरिनेछन् ।’

दिल्ली सरकारले यो मामिलामा कसैको पनि इलाज गर्नमा नाइँनास्ती गर्दैन । तरपनि केहीले दिएको सुझाव यस्तो छ कि जबसम्म कोरोनाको महामारी छ तबसम्म दिल्लीका मानिसहरुका लागि नै बेड रिजर्व राखिनुपर्छ । तत्काल भने १ हप्ताका लागि सीमाहरु सिल गरिनेछन् । आगामी हप्ता जनताको सुझाव र जानकारहरुको सल्लाह अनुरुप यसमाथि फैसला लिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.