चर्चित भारतीय संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका

  २०७७ जेठ १९ गते ८:१३     विकासन्युज


काठमाडौं । चर्चित भारतीय संगीतकार जोडी साजिद–वाजिद मध्येका वाजिद खानको गए राती निधन भएको छ । उनी साजिद खानका भाई हुन् ।

भारतीय मिडियाहरुका अनुसार वाजिद खान कोरोना संक्रमित थिए । यद्यपी उनको कोभिड–१९ को टेस्ट रिपोर्ट आइसकेको छैन ।

उनको परिवारले बताए अनुसार वाजिद खान किड्नीको विरामी थिए र दुई वर्ष अघि ट्रान्सप्लान्ट भएको थियो । केहि समय अघि घाँटीमा इन्फेक्सन भएपछि उनलाई चेंबुरको सुराना अस्पतालमा भर्ना गरिएको थियो ।

एक हप्ता अघि मात्र वाजिद खानको ‘भाई–भाई’ गीत रिलिज भएको थियो । जसमा सलमान खानको आवाज र अभिनय रहेको छ ।

उनको मृत्युसँगै सिंगो वलिउड इण्डस्ट्री शोकमा डुवेको छ भने विभिन्न गायक तथा कलाकारहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.