आजदेखि भारतमा लकडाउन खुकुलो

  २०७७ जेठ १९ गते ७:५६     विकासन्युज

काठमाडौं । भारतमा आजदेखि लकडाउन खुुकुलो हुने भएको छ । भारत सरकारले जुन ३० सम्म लकडाउन रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राख्ने भएको छ ।

उच्च सङ्क्रमण फैलिएको ठाउँबाहेकमा मानिसले सामान्य जीवन बिताउन पाउने भारतिय संचारमाध्यमले जानकारी दिएका छन् । भारतको गृह मन्त्रालयले मल, होटल, रेष्टुरेन्ट र धार्मिकस्थल लगायतका ठाउँ अर्को हप्ता अर्थात ८ जुनदेखि खोल्न अनुमति दिइसकेको छ ।

त्यस्तै स्कुल, कलेज लगायत शैक्षिक संस्था भने राज्य र केन्द्र शासित प्रदेशले छलफल गरेपछि जुलाईमा मात्र निर्णय हुने गरेको छ । लकडाउन खुले पनि अन्तराष्ट्रिय हवाई उडान, स्वीमिङ पुल, मनोरन्जन पार्क, सिनेमा घर, बार लगायत भने अझै बन्द नै हुनेछन् ।

भारतमा अहिलेसम्म १ लाख ९० हजार ६ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५ हजार ४ सय ८ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.