कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ १९ गते ६:१६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६२ लाख ५९ हजार २ सय ४३ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ७३ हजार ६ सय ९६ जनाको मृत्यु भइसकेको छ भने २७ लाख ८५ हजार ५ सय १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ६ हजार १ सय ९४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १८ लाख ३७ हजार १ सय ६५ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ भने अहिलेसम्म ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १ हजार ५ सय ७२ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २सय २० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.