हवाई इन्धनको मूल्य घटाउन माग

  २०७७ जेठ १८ गते १९:०२     विकासन्युज

काठमाडाैं । वायसेवा सञ्‍चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेकाे छ ।  आइतबार एक विज्ञप्ती जारी गर्दै संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेकाे हाे ।

आयल निगमले हवाई इन्धनमा अझै पनि इण्डियन आयल निमगले प्रदान गरेको तुलनामा प्रतिलिटर ३३ रूपैयाँ नाफा लिएर ६५ रूपैयाँमा बेच्नु अस्वभाविक र अमान्य भएको भन्दै संघले साे माग गरेकाे हाे ।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, अनुमति नविकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिने घोषणा गरेकोमा संघ खुसी भएकाे विज्ञप्तीमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ को आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट दिने गरी सरकारले राहतको कार्यक्रम ल्याएको छ। त्यसैगरी, ५ प्रतिशत व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने कार्यक्रम ल्याएकोमा वायु सञ्चालकहरू खुशी भएको वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले विज्ञप्ति मार्फत भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.