एचआइडिसिएलले सरकारलाई दियो ५० लाख रुपैयाँ

  २०७७ जेठ १८ गते १७:२८     विकासन्युज

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले सरकारलाई ५० लाख रुपैयाँ दिएको छ । एचआइडिसिएलले कारोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा उक्त रकम सहयोग गरेको हो ।

एचआइडिसिएलले उक्त रकम बराबरको चेक आइतबार (जेठ १८ गते) कोषलाई हस्तान्तरण गरिएको छ । कम्पनीका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरेका छन् ।

हालसम्म कोरोना कोषमा करिब २ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.