बाजुराकी २ वर्षीया बालिकाकाे मृत्युकाे कारण कोरोना भएकाे पुष्टि

  २०७७ जेठ १८ गते १६:३४     विकासन्युज

काठमाडौं । बाजुराकी दुई वर्षीया बालिकाको मृत्युकाे कारण कोरोना भाइरस भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको पनि मन्त्रालयले पुष्टि गरेकाे छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यीमध्ये ७ जनामा मृत्युपछिमात्र कोरोना पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.