संविधान संशोधन बिधेयक संसदमा पेश

  २०७७ जेठ १८ गते १२:०८     विकासन्युज

काठमाडाैं । सरकारले संविधान संशोधन बिधेयक संसदमा पेश गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले आइतबार संसद बैठकमा सो विधेयक पेश गरेकी हुन्।

यसअघि जेठ १४ गते संसदको कार्यसूचीमा राखेपछि पनि नेपाली कांग्रेसले सो विषयमा पार्टीमा छलफल गर्न समय माग गरेपछि सूचीबाट हटाइएको थियो।

शनिबार नेपाली कांग्रेसले संशोधनको पक्षमा मत हाल्ने निर्णय गरेको छ।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर अध्यावधिक गरेको नयाँ नक्शा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्शालाई पनि सोहिअनुसार परिमार्जन गर्न संविधानको दोश्रो संशोधन गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.