बन्दाबन्दीकाे निरन्तरता र भाेकमरी जाेखिम

  २०७७ जेठ १८ गते ९:१३     कोपिला अर्याल

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको असर दिनानुदिन फैलिरहेको छ । नेपालमा समेत संक्रिमतको संख्या दिनहु बढिरहेको छ । देशमा परीक्षणको दायरा कम हुँदा संक्रमितको संख्या केही न्युन देखिएता पनि परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या ह्वातै बढ्ने निश्चित प्राय छ । पछिल्लाे समय परीक्षण केही वृद्धि भएपिछ संक्रमितकाे संख्यामा वृद्धि देखिएकाे छ । दैनिक एक सय भन्दा बढी विरामीकाे संख्या थपिएका छन् । पछिल्लो समय प्रत्येक दिन सक्रिमतको संख्या दिनानुदिन बढिरहेको देख्दा कतै मेरो देश पनि इटली, स्पेन अमेरिकाकै हालतमा पुग्ने त हैन भन्ने डर पैदा भएको छ ।

नेपाल सरकारले कोरोना संक्रमण समाजमा फैलिन नदिन देश बन्दाबन्दी गरेको दुई महिना भन्दा अधिक भैसकेको छ । शनिबार मन्त्रिपरिषद्काे बैठकले फेरी बन्दाबन्दी जेठ ३२ गतेसम्म कायम गर्ने निर्णय लिएकाे छ ।  यसै बीचमा नेपाली जनताको नाममा प्रधानमन्त्रीको सम्बोधन तीन पटक भएको छ तर प्रत्येक पटक विभिन्न आश्वासन र सपना बाड्ने बाहेक अरु केही उपलब्धि छैन । दैनिक ज्याला मजदूरी गरेर विहान बेलुकाको छाक टार्नेहरु जसलाई कोरोनाको प्रभावले हात मुख जोर्न समस्या भएको छ उनीहरुलाई सम्बोधन गर्ने खालका कुनै पनि नीति तथा कार्यक्रम हालसम्म आउन सकेका छैनन् ।

अहिलेको बन्दाबन्दीको प्रत्यक्ष असर दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नेमा अधिक मात्रामा परिरहेको छ । वर्तमान समयमा लामो बन्दाबन्दीले व्यवसाय तथा उद्योग कलकारखाना ठप्प छन् । धेरै जसोले कर्मचारी कटौती गरेका छन् । कर्मचारी कटौती नगर्नेले पनि कर्मचारीलाई पूर्ण रुपमा तलब तथा सेवा सुविधा भुक्तानी गर्न सकेका छैनन् । यसबाट नागरिकको दैनिक गुजारा कष्टपद भैरहेको छ । यसले गर्दा मानिसमा नैराश्यताको विकास हुने, सरकारप्रति वितृष्णा जागृत भई नकरात्मक भावनाको विकास हुने र समाजमा नकारात्मक कार्य हुनेतर्फ जोखिम उच्च रहेको छ ।

लेखक

मानिसहरु लामो समय देखि बेरोजगार भैरहेका छन् । गाउँ घरमा खेती पातिको समय छ । आफ्नो पहुँच हुनेहरु त आफ्ना आफ्ना ठाउँमा पुगिसकेका छन् । तर आफ्नो पहुँच र चिनजान नहुनेहरु जहाँको तहीँ भएका छन् । मानिसहरुले आफ्ना आवश्यकता पूर्ति गर्न सकेका छैैन । खेतीपातीको समयमा समेत आफ्नो कार्य गर्न नसक्दा उब्जनीमा कमी आउने र आगामी दिनमा खाद्य संकट भै भोकमारीको समस्या बढ्न सक्ने देखिन्छ ।

बन्दाबन्दीको प्रत्यक्ष असर दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नेमा अधिक मात्रामा परिरहेको छ । लामो बन्दाबन्दीले व्यवसाय तथा उद्योग कल कारखाना ठप्प छन् । धेरै जसोले कर्मचारी कटौती गरेका छन् । कर्मचारी कटौती नगर्नेले पनि कर्मचारीलाई पूर्ण रुपमा तलब तथा सेवा सुविधा भुक्तानी गर्न सकेका छैनन् । यसबाट नागरिकको दैनिक गुजारा कष्टपद भैरहेको छ ।

कोरोनाको प्रभाव विशेष गरी बालबच्चामा एकदमै धेरै परेको छ । परिवारका सदस्यहरु काम विहीन हुँदा दैनिक जीवनयापनमै समस्या भैरहेको अवस्थामा बच्चाहरुले पोषणयुक्त खाना खान नपाउने र यसले गर्दा बच्चामा कुपोषणको समस्या देखिन सक्छ । बच्चाको शारिरिक तथा मानसिक विकासमा समस्या देखिन सक्छ । यसतर्फ समेत ध्यान दिई बाल स्वास्थ्य तथा मातृ स्वास्थ्यमा समेत सम्बन्धित निकायले सहयोग तथा राहत दिएमा लक्षित वर्ग लाभान्वित हुने थिए ।

प्रधानमन्त्रीले केही समय अघि देशबासीको नाममा सम्बोधन गर्दै असक्तलाई राहात दिने र काम गर्न सक्ने उमेरकालाई रोजगार दिने घोषणा गरेका छन् । रोजगारी दिने भन्ने कुरा आजको भोलि कार्यान्वयनमा आउने कुरा हैन । तर मानिसको दैनिक जीवनयापन अहिले नै कष्टपद भैसकेको छ । यो बन्दाबन्दी कहिलेसम्म लम्बिने हो कुुनै टुगों छैन । घरमा छाक टार्ने समस्या भएर विहान बेलुका के खाऔं भन्ने अवस्थामा रहेका नागरिकलाई सरकारले रोजगारी दिने त्यसबाट सिर्जित आम्दानीले छाक टार्ने भन्ने कुरा कति सम्भव छ सम्बन्धित निकायले बुझ्न जरुरी छ । अहिलेको समस्या समाधन गर्न रोजगारी दिने सपना देखाइनु कतै नागरिकलाई सरकारले राहात सहयोग नै नदिन कुनै वहाना बाजी गरेको त हैन भन्ने आभाष हुन्छ ।

समाजमा यस्तै स्थिति अझ केही समय रहिरहने हो भने कोरोना संक्रमणबाट पीडित तथा मृत्यु हुनेको संख्या भन्दा भोकमारीले मृत्यु हुनेको संख्या बढी हुन सक्छ । कोरोना कै कारण रोजगारी गुमाएका नागरिकहरुमा सरकारले सहयोग तथा राहत नदिदाँ नैराश्यता वृद्धि भई आत्महत्याको शृखंला वृद्धि हुने सम्भावना समेत उत्तिकै रहन्छ । यस्तै मानिसहरु विभिन्न मानसिक रोगको सिकार हुने र डिप्रेसनमा समेत पर्न सक्ने समस्या समेत हुन्छ ।

देशको लागि आफूले सक्दा पुर्ण रुपमा योगदान गरेका नागरिकको रक्षा गर्नु र नेपालको संविधानले नै प्रत्येक नागरिकको गास बास र कपासको सुनिश्चितता गरिनु पर्छ भनेको अवस्थामा कुनै नागरिकले भोकमरीको कारण ज्यान गुमाउनु पर्ने अवस्था आयो भनेमा त्यो जतिको लज्जाश्पद र लाजमर्दाे अवस्था के हुन सक्ला । अहिले त दैनिक जीवनयापनको समस्या न्युन आय भएका र दैनिक मजदुरी गर्नेमा मात्र अधिक मात्रामा रहेको छ यदि यही अवस्था रही रहने हो भन्ने मध्यम वर्गीय मानिसहरुमा समेत भोकमारी देखिन सक्छ । अहिलेको अवस्थामा को कसलाई राहत तथा सहयोगको आवश्यकता छ, निष्पक्ष अध्ययन हुनु र लक्षित वर्गमा आवश्यक सहयोग तथा राहात पुर्याइनु नै उत्तम कार्य हो । सरकारले आवश्यक कदम चालेर पिडित वर्गको सम्बोधन गर्नु नै आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.