कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ १८ गते ६:४२     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान साढे ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७० पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ७० हजार ८ सय ७० जनाको मृत्यु भइसकेको छ भने २७ लाख ३४ हजार ५ सय ४८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । अमेरिकामा १८ लाख १६ हजार ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै १ लाख ५ हजार ५ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ८१ हजार ८ सय २७ पुगेको छ भने अहिलेसम्म ५ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १ हजार ४ सय १ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ सय १९ जना निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार: वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.