थप १३ जना कोरोना संक्रमणमुक्त,निको हुनेको संख्या २ सय १९

  २०७७ जेठ १७ गते १६:५१     विकासन्युज

काठमाडौं । शनिबार मात्र १३ जना काेराेना संक्रमित बिरामी काेराेनामुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकाेटाले टेकु अस्पतालबाट काठमाडौं बुढानिलकण्ठका ३८ वर्षिय पुरूष र  टाेखा ७का ४१ वर्षिय पुरूष, काेभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट ११ जना डिस्चार्ज भएका छन् । ७ देखि ४२ वर्ष उमेरका व्यक्तिहरू जसमा ६ जना पुरुष र ५ जना महिला रहेका छन् ।

हालसम्म २ सय १९ जसमा ४७ जना महिला र १सय ७२ जना पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.