थप १ सय ८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४ सय १ पुग्याे

  २०७७ जेठ १७ गते १६:३२     विकासन्युज

काठमाडौं । शनिवार १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ सय ८९ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।  संक्रमित हुनेमा १ सय ८५ जना पुरूष र ४ जना महिला रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणामा १ सय २४ जनामा काेराेना पुष्टि भएकाे हाे । जसमा धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका ७७ जना, ललितपुरकाे १ जना,  महाेत्तरीकाे ४ जना , राैतहटका ६ जना, सल्लाहीका १७ जना, सिराहाका ११ जना रहेका छन् ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला रूपन्देहीमा गरिएकाे परीक्षणमा २६ जना काेराेना संक्रमित भएका छन् ।  विपी काेइराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएकाे परीक्षणमा ९ जना सप्तरीका रहेका छन् । भने राप्ती स्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा ८ जना काेराेना संक्रमित पुष्टि भएका छन् ।  नारायणी अस्पताल विरगञ्जमा गरिएकाे परीक्षाणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रयाेगशालामा गरिएकाे परीक्षणमा दैलेखका १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकाेटाले जानकारी दिए ।

हालसम्म नेपाल १ हजार ४ सय १ जनामा काेराेना देखिएकाे छ । त्यस्तै २ सय १९ जना उपचार पछि निकाे भएका छन् भने ६ जनाकाे मृत्यु भइसकेकाे  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.