७५ परिवारले दिए विदेशमै शव अन्तिम संस्कार गर्न स्वीकृति

  २०७७ जेठ १७ गते १४:०७     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २ सय २७ जना नेपालीको शवमा ७५ शवको अन्त्यष्टीका लागि परिवारले स्वीकृति दिएका छन् ।

नेपालीको मुख्य श्रम गन्तव्य ९ देशमा १२ जना महिलाहरु र २ सय १५ जना मृतक पुरुषहरुको शव रहेको छ । जसमा २३ जनाको कोरोनाबाट मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको हो ।

कोरोनाको महामारी फैलिएसँगै सरकारले गरेको लकडाउनको कारण लामो समयदेखि विदेशमा मृत्यु भएका नेपालीहरुको शव ढुवानी रोकिएको छ ।

सबैभन्दा बढी शव साउदीमा रहेको छ । ५८ वटा शवमा ११ वटा शव उतै अन्त्यष्टीका लागि परिवारले सहमति जनाएका छन् भने कोरोनाबाट साउदी र युएइमा ९/९ जनाको मृत्यु भएको बोर्डले जानकारी दिएको छ ।

ओमानमा सबैभन्दा कम एक शव रहेको छ । कोरोनाबाट कतारमा ४ जना, अन्यदेशमा १ जनाको मृत्यु भएको तथ्यांक वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.