पाकिस्तानले गर्याे अन्तराष्ट्रिय उडान शुरु

  २०७७ जेठ १७ गते ८:२२     विकासन्युज

काठमाडौं । पाकिस्तानले गए रातिदेखि अन्तराष्ट्रिय उडान सुरू गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय उडान सुरू गर्ने जानकारी दिएको थियो । उनीहरूका अनुसार नियमित उडानहरू भने शनिबारबाट सुरू गर्ने भएको हो ।

सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न लकडाउन खुकुलो पार्ने निर्णयसँगै अन्तराष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको थियो ।

ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ । विदेशका लागि उड्ने उडानका लागि विभिन्न नियम तथा प्रक्रिया पाकिस्तानको सरकारले तोकिसकेको छ ।

जसअनुसार विमानस्थलमा भिडभाड नगर्ने र विमानलाई उडानपूर्व किटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्नेलगायतका कोरोना सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने विधि रहेका छन् ।

कोरोनाको संक्रमण फैलिएसँगै पाकिस्तानले अन्तराष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको हो भने आन्तरिक (घरेलु) उडान भने अवश्यकतालाई ध्यानमा राख्दै अगाडी नै सुचारु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.