अमेरिकी राष्ट्रपति ट्रम्पले गरे विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध ताेडेकाे घाेषणा

  २०७७ जेठ १७ गते ६:४५     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर असफल भयो ।  हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

विश्वमा नै फैलिएकाे कोरोना भाइरसकाे संक्रमण रोक्न डब्ल्यूएचओ असफल भएको भन्दै अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोगमा राेक लगाएकाे थियाे ।

हाम्रा कामहरू कडासँगसँगै अर्थपुर्ण हुन्छन् भन्दै ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप पुन दोहोए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।’

अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.