कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ १७ गते ६:१६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६० लाख २६ हजार १ सय ८ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ६६ हजार ४ सय १५ जनाको मृत्यु भइसकेको छ भने २६ लाख ५५ हजार ९ सय ७० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ४ हजार ५ सय ३९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ९३ हजार २ सय ६३ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ७३ हजार ४ सय ९१ पुगेको छ भने अहिलेसम्म ४ हजार ९ सय ८० जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १ हजार २ सय १२ जना संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २०६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.