हाम्रो नीति विवेकपूर्ण भएन, त्यसैले विद्युतीय गाडीमा कर बढायाै‌ं: अर्थमन्त्री

  २०७७ जेठ १६ गते १७:२७     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले विदुतीय उपकरणको खपत बढाउने रणनीतकिा साथ सरकारले विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याउने घोषणा गरेका थिए । उनले नेपालमा उत्पादित उर्जालाई स्वदेशमै खपत गराउनका लागि विदुतिय सवारी साधनको खपत तथा प्रयोगलाई पनि बढाउने बताउँदै आएका थिए ।

पेट्रोलिम पदार्थको खपत कम गर्न र वातावरण प्रदुषण न्युन गर्ने उद्धेश्यले सरकारले विद्युतीय उपकरण र सवारी साधनको उपभोग तथा खपत बढाउने नीति पनि लिएकाे थियाे ।  सरकारले विगतमा विद्युतीय सवारीलाई न्यून कर पनि लगाएको थियो ।

तर, खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा भने विद्युतीय सवारी साधनमा भन्सार दर बढाएका छन् । खतिवडालाई पहिले समयानुकुल र सान्दर्भिक लागेको विद्युतिय सवारी साधन अहिले विवेकपूर्ण नभएको बताएका छन् ।

पेट्रोलबाट चल्ने गाडी र पेट्रोलियम पदार्थको खपत दुवै जोडेर हुने खर्चभन्दा बढी रकमका विदुतीय सवारी साधन भित्रिएपछि भन्सार दर बढाइएको खतिवडाकाे भनाई छ ।

सरकारले पहिले पेट्रोलियम सवारी साधनबाट चल्ने सवारी साधनको विकल्पको रुपमा विद्युतिय गाडीहरुलाई आयात गरी प्रयोग गर्न खोजिएको भएपनि ती विद्युतिय सवारी साधानहरु धेरै महँगो भएकोले यो व्यवस्था गरेको उनले बताए ।

‘हामीले पेट्रोलियम आयात कम गर्नको लागि विद्युतयि गाडी आयात गर्ने भन्यौं तर दुई वर्ष आयात हुने पेट्रोलियम पदार्थ जति विद्युतीय गाडीले नै खाने भयो,यसो हुँदा हाम्रो नीति विवेकपूर्ण नै भएन,’ उनले भने ।

अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा विद्युतीय गाडीहरु केही सस्तो हुने भन्सारका दर कायम गरिएको उनले बताए । सार्वजनिक विद्युतीय गाडीमा अहिले पनि १० प्रतिशत मात्रै भन्सार दर रहेको र त्यसलाई प्रोत्साहन नै गरेको उनको भनाई छ।

‘निजी विद्युतिय गाडीहरु पेट्रोलियम पदार्थबाट चल्ने गाडी भन्दा सस्तो होस्, तिनीहरु धेरै पनि सस्तो पनि हुनु भएन जसले व्यापार घाटालाई प्रतिकुल असर पार्ने नहोस् भन्नका लागि हामीले यो व्यवस्था गरेको हो,’ उनले भने ।

मौखिक रुपमा सरकारले वातावरणलाई मध्येनजर गर्दै विद्युतिय गाडीको प्रयोगलाई प्राेत्साहन गर्ने भनेपनि त्यो व्यवहारमा भने उल्टो देखिएको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गरी आधुनिक र विद्युतिय सवारी साधनहरुलाई प्रोत्साहन दिने सरकारको रणनीति परिवर्तन भएको हाे ।

सरकारले विद्युतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । अब २ सयदेखि ३ सय किलोवाट क्षमताका मोटर जडान भएका सवारीमा ७० प्रतिशत र त्यसभन्दा माथि किलोवाट क्षमता भएका मोटर जडान भएका सवारीमा ८० प्र्र्तिशत अन्तःशुल्क लाग्ने उनले बताए । यो भन्दा अगाडि सो शुल्क् शुल्क यसअघि १० प्रतिशत थियो भने भ्याट १३ प्रतिशत थियो ।

यस्तै, ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ भने ५० देखि १ सय किलोवाटसम्म मोटर जडान भएका सवारीमा ४० प्रतिशत अन्तःशुल्क कायम गरिएको बजेटमा उल्लेख छ । सयदेखि १ सय ५० किलावाटसम्मका मोटर जडान भएका सवारीमा ५० प्रतिशत अन्तशुल्क लगाइएको छ ।

यस्तै, १ सय ५० देखि २ सय किलोवाट मोटर जडान भएका सवारीमा ६० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.