नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतककाे संख्या ६ पुग्यो

  २०७७ जेठ १६ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

उनका अनुसार अर्घाखाचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । भारतमा कार्यरत रहेका उनको नेपाल आउने क्रममा मृत्यु भएको हो । उनको नेपाल प्रवेश भएसँगै स्याम्पल लिइएको थियो र बिहीबार मात्रै उनको रिपोर्ट पोजेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.