एकैदिन १ सय ७० जनामा देखियो कोरोना, संक्रमितकाे संख्या १२ सय नाघ्याे

  २०७७ जेठ १६ गते १६:३०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । जसमध्ये १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिला रहेका छन् ।

हालसम्म २०६ जना निको भएर घर फिर्किएका उनले जानकारी दिए । जसमध्ये पुरुष १६२ जना र ४४ जना महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.