अर्थमन्त्रीकाे दावी: श्रमिक केन्द्रित भएको यो पहिलो बजेट हो

  २०७७ जेठ १६ गते १६:२७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले ल्याएको बजेट श्रमिक केन्द्रित भएको बताएका छन् ।

उनले हालसम्म नेपालमा यति धेरै श्रमिक केन्द्रित बजेट नभएको दावी गर्दै यो वर्ष आफुले ल्याएको बजेट श्रमिक केन्द्रित भएको धारणा राखे ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १४ अर्बका विभिन्न कार्यक्रमहरु छन्, सामाजिक सुरक्षा कोषमा रहेका श्रमिकको रकम सरकारले तिरिदिने भनेकोछ, यसले धेरै श्रमिकहरु लाभान्वित हुनेछन्,’ उनले भने ।

उनले आफुले ल्याएको बजेट मार्फत ८ लाखले रोजगारी पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.