सिटिजन्स बैंकसँग बिलय हुँदै सहयोगी विकास बैंक, जेठ २४ गते बोलायो वार्षिक साधारणसभा

  २०७७ जेठ १६ गते १४:१६     विकासन्युज


काठमाडौं । सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनलसँग बिलय हुने भएको छ । उक्त प्रस्ताव पारित गर्न संस्थाले आफ्नो १६ औं वार्षिक साधारण सभा आगामी जेठ २४ गते शनिबार बोलाएको छ ।

उक्ता सभा सो दिन दिउँसो २ बजे बैंकको केन्द्रीय कार्यालय, जनकपुरको हातामा बस्ने जेठ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।

२०७६ साल चैत १० गते सम्पन्न गर्ने भनिएको वार्षिक साधारण सभा नेपाल सरकारले कोभिड १९ का कारण सार्वजनिक भेला तथा समारोह गर्नमा लगाएको प्रतिवन्धका कारण स्थगित भएको थियो ।

अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधि मार्पmत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधि मार्पmत पनि संचालक एवं सेयरधनीहरुले सहभागीता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा गर्न लागेको व्यहोरा प्रमुख कार्यकारी अधिकृत सुन्दर खड्काले जानकारी दिएका छन् ।

साथै, संस्थाले आफ्ना सेयरधनीहरुलाई वर्तमान अवस्थाको मुल्यांकन गर्दै सम्भव भएसम्म डिजिटल प्रविधि मार्फत  सभामा सहभागिता जनाउन बैंकले आह्वान समेत गरेको छ । प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई कोभिड-१९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने प्रमुख कार्यकारी अधिकृत खड्काले जानकारी दिएका छन् ।

डिजिटल प्रविधि मार्फत सहभागी हुन चाहने इच्छुक आफ्ना सेयरधनीहरुलाई सभा सञ्चालन हुनु भन्दा २४ घण्टा अगाडी मोबाइल नं ९८५४०२८९७२ वा ९८४४०५३४०० मा सम्पर्क गर्न सूचना समेत प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.