विद्युतिय गाडी किन्नेलाई धक्का, सरकारले ८० प्रतिशत कर बढायो

  २०७७ जेठ १६ गते १४:०२     विकासन्युज

काठमाडाैं । मौखिक रुपमा सरकारले वातावरणलाई मध्येनजर गर्दै विद्युतिय गाडीको प्रयोगलाई प्राेत्साहन गर्ने भनेपनि त्यो व्यवहारमा भने उल्टो देखिएको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गरी आधुनिक र विद्युतिय सवारी साधनहरुलाई प्रोत्साहन दिने सरकारको रणनीति परिवर्तन भएको हाे ।

सरकारले विद्युतिय गाडीलाई त्यति प्राथमिकतामा राखेको व्यवहारबाट देखिँदैन । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेटमा विद्युतीय सवारी साधनमा कर ह्वात्तै बढेकाे छ । उनका अनुसार विद्युतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ ।

अब २ सयदेखि ३ सय किलोवाट क्षमताका मोटर जडान भएका सवारीमा ७० प्रतिशत र त्यसभन्दा माथि किलोवाट क्षमता भएका मोटर जडान भएका सवारीमा ८० प्र्र्तिशत अन्तःशुल्क लाग्ने उनले बताए । यो भन्दा अगाडि सो शुल्क् शुल्क यसअघि १० प्रतिशत थियो भने भ्याट १३ प्रतिशत थियो ।

यस्तै, ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ भने ५० देखि १ सय किलोवाटसम्म मोटर जडान भएका सवारीमा ४० प्रतिशत अन्तःशुल्क कायम गरिएको बजेटमा उल्लेख छ । सयदेखि १ सय ५० किलावाटसम्मका मोटर जडान भएका सवारीमा ५० प्रतिशत अन्तशुल्क लगाइएको छ ।

यस्तै, १ सय ५० देखि २ सय किलोवाट मोटर जडान भएका सवारीमा ६० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.