सरकारले भनेजति पैसा उठाउन सक्दैनः डा. शर्मा

  २०७७ जेठ १६ गते १२:४२     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. शंकर शर्माले सरकारले बजेटमा राखेका राजस्व र ऋण उठाउने लक्ष्य पुग्नेमा शंका व्यक्त गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको लागि राजस्व संकलनको लक्ष्य २२ प्रतिशतले बढाएको तथा ऋण उठाउने लक्ष्य चालु आर्थिक वर्षको भन्दा १३५ प्रतिशतले बढाएको भन्दै उनले यो लक्ष्य प्राप्त गर्न कठिन हुने बताए ।

उनले सरकारले रोजगारी सिर्जना र कृषि क्षेत्रका लागि जस्तो प्रकारको राहत कार्यक्रम ल्याउनु पर्ने थियो, त्यस्तो नआएको डा. शर्माको भनाइ छ ।

अर्का अर्थशास्त्री प्राडा. गोविन्द नेपालले लक्ष्य अनुसार राजस्व असुली र ऋण उठाउन गाह्रो भएपनि सरकारसँग विकल्प कम भएको उनको भनाइ छ । प्रमुख प्रतिपक्षी दलले १४ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउन सुझाव दिएकोमा सरकारले करिब १५ खर्बको बजेट ल्याउनु स्वभाविक नै नभएको डा. नेपालको भनाइ छ ।

उनले राहत कार्यक्रममा पुनर्विचार गर्नुपर्ने बताए । कोरोना भाइरस संक्रमण नियन्त्रणमा गए मात्रै ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने उनको भनाइ छ । सरकारले आशा जगाउने कार्यक्रम र लक्ष्य राख्नुपर्ने भएकोले आगामी साउनदेखि कोरोना संक्रमण नियन्त्रणमा आउने अनुमानका आधारमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.